कोशी र गण्डकीमा वर्षाको सम्भावना

हिमाल प्रेस ३ मंसिर २०८१ ६:२७
8
SHARES
कोशी र गण्डकीमा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (सोमबार बिहान)देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast