भारतको मणिपुरमा फेरि भड्कियो हिंसा

हिमाल प्रेस २ मंसिर २०८१ १०:३९
10
SHARES
भारतको मणिपुरमा फेरि भड्कियो हिंसा

काठमाडौँ- भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। मणिपुर र असम सीमानजिक जिरी नदीमा एक महिला र दुई बच्चाको शव फेला परेपछि हिंसा भड्किएको हो।

शुक्रबार जिरी नदीमा एक महिला र दुई जना बच्चाको शव बरामद भएको थियो। हिंसा भड्किएपछि मणिपुरको राजधानी सहर इम्फालमा कर्फ्यु लगाइएको छ। हिंसा अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले त्यहाँ कर्फ्यु आदेश जारी गरेको हो।

इम्फालका प्रहरी प्रमुखले जिल्लामा स्थिति बिग्रिँदै गएपछि कर्फ्यु आदेश जारी भएको बताएका छन्। उनका अनुसार संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

इम्फालमा प्रदर्शनकारीहरूले हिंसा मच्चाएको प्रहरीको भनाइ छ। प्रदर्शनकारीले शनिबार इम्फालमा मणिपुरका कैयौँ विधायक र मन्त्रीको घरमा आक्रमण गरेका थिए। उनीहरूले दर्जनौँ गाडीमा आगजानी गरेको बताइएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मणिपुर पुगेर शान्ति र सुधारका लागि काम गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्। मणिपुरमा भइरहको हिंसक झडप र हत्या हिंसाले फेरि एकपटक चिन्ताको माहोल सिर्जना भएको गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: २ मंसिर २०८१ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast