शिक्षा ऐनबारे महासंघले गरायो शिक्षामन्त्री भट्टराईको पुनः ध्यानाकर्षण

हिमाल प्रेस २ मंसिर २०८१ १०:२६
2.0k
SHARES
शिक्षा ऐनबारे महासंघले गरायो शिक्षामन्त्री भट्टराईको पुनः ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक–२०८० छिट्टै संसद्बाट पारित गराउन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको ध्यानाकर्षण गराएको छ।

विधेयकमाथि समितिमा जारी छलफल टुंग्याएर शिक्षा ऐन ल्याउन महासंघले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

उनले भने, ‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सानोठिमीस्थित कार्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई स्वागत गर्ने अवसर मिल्यो। छोटो संवादमा माननीयमन्त्रीज्यूले शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न लागि पर्ने प्रतिबद्धता प्रकट गर्नुभयो।’

महासंघको ध्यानाकर्षणमा शिक्षामन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया दिएको सुवेदीले बताए। महासंघले शिक्षा ऐनकै विषयमा यसअघि पनि शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराएको थियो।

कात्तिक २९ गते शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० लाई छिट्टै ऐनको रूपमा ल्याउने गरी उपसमिति बनाएर काम हुने बताएकी थिइन्।

‘शिक्षा विधेयक आउँछ किनभने मैले तयारी गरेकी छु। शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक छ। समिति सभापतिले अब काम सुरु गर्छौं भन्ने प्रतिबद्धता जनाउनुभएको छ। दसैँ, तिहार, छठअगाडि ८ दिन संशोधनकर्ता सांसदहरूसँग छलफल गरिसकेका छौं। यसलाई निरन्तरता दिन्छौं। तीनवटा उपसमिति बनाएर विधेयकका विषयमा काम हुने सभापतिले भन्नुभएको छ,’ कार्यक्रममा भट्टराईको भनाइ थियो।

प्रकाशित: २ मंसिर २०८१ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast