काठमाडौँ- शंखरापुरमा बुधबार भएको एक सवारी दुर्घटनामा गिरफ्तार भएका झाँक्री प्रकाश भुजेलसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) भेटिएको छ ।
दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभेटिएपछि प्रहरी अनुसन्धानमा लागेको थियो। हाल, भुजेलले आफ्नो लाइसेन्स बौद्ध प्रहरीसमक्ष पेस गरेका छन्।
दुर्घटनामा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी थिइन्। उनी अहिले ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रहरीले भुजेलमाथि थप अनुसन्धान अघि बढाएको छ। काठमाडौँ जिल्ला अदालतले उनलाई ५ दिनको म्याद दिएको छ।