आज कर दिवस

हिमाल प्रेस १ मंसिर २०८१ ११:०६
आज कर दिवस

काठमाडौँ- राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ। २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो। सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रूपमा मनाउँदै आएको छ।

आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ। जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरी सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नु अपरिहार्य रहेको बताएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।

प्रकाशित: १ मंसिर २०८१ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast