काठमाडौँ- अन्तिम खेलमा सन्जु स्यामसन र तिलक बर्माको सानदार ब्याटिङले दक्षिण अफ्रिकाविरुद्धको चार खेलको टी-२० शृंखला भारतले जितेको छ।
जोहानेसबर्गको मैदानमा भएको चौथो टी-२० मा भारतले दक्षिण अफ्रिकालाई ३-१ ले पराजित गर्दै चार खेलको सिरिज ३-१ ले जितेको हो। सूर्यकुमार यादवले टस जितेर ब्याटिङ रोजेका थिए। सन्जु स्यामसनले ५६ बलमा १०९ र तिलक वर्माले ४७ बलमा १२० रन बनाएपछि स्कोर एक विकेटको क्षतीमा २८३ पुग्यो।
जबाफमा दक्षिण अफ्रिकाले १४८ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाले ट्रिस्टान स्टब्सले ४३ र डेभिड मिलरले ३६ रन बनाए पनि लक्ष्य निकै ठूलो भएका कारण टोली त्यहाँ पुग्न सकेन।
दक्षिण अफ्रिकाले खेल १३५ रनले गुमायो। बलिङतर्फ भारतका अर्शदीप सिंहले तीन र वरुण चक्रवर्तीले दुई विकेट लिए। भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८।२ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे ।
डेविड मिलरले २७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६, मार्को यानसनले १२ बलमा नट आउट २९ तथा जेहार्ड कोट्जेले ८ बलमा १२ रन बनाए ।
भारतका लागि अर्शदिप सिंहले ३, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २ तथा रवि बिश्नोइ, हार्दिक पाण्ड्या र रमनदिप सिंहले समान १ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको जोहनेसवर्गमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार गरेको थियो ।
भारतका लागि ओपनर सन्जु स्यामसन तथा तिलक बर्माले नट आउट रहदै शतक पूरा गरे । तिलकले ४७ बलमा ९ चौका र १० छक्काको सहयोगमा नट आउट १ सय २० रन जोडेका थिए ।
ओपनर सन्जुले ५६ बलमा ६ चौका र ९ छक्काको सहयोगमा १ सय ९ रन जोडेका थिए । दोस्रो विकेटका लागि सन्जु र तिलकले २ सय १० रनको नट आउट साझेदारी गरे । यो भारतको टि ट्वान्टी इतिहासमा कुनै पनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो ।
टोलीका अर्का ओपनर अभिषेक शर्माले १८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३६ रन जोडेका थिए । घरेलु टोलीका लागि लुथो सिपाम्लाले १ विकेट लिए । सिरिजको पहिलो, तेस्रो र चौथो खेल भारतले जितेको थियो। दोस्रो खेलमा भने दक्षिण अफ्रिका विजयी भएको थियो ।