काठमाडौँमा बिहानै हुस्सु, पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस १ मंसिर २०८१ ७:०३
14
SHARES
काठमाडौँमा बिहानै हुस्सु, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा अहिले स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (शनिबार बिहान) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १ मंसिर २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast