
काठमाडौँ- मंसिरको पहिलो शनिबार। यो साता हलमा दुई नेपाली फिल्म उच्च सोसहित प्रदर्शन भइरहेको छ। त्यस्तै नाटकघरमा पनि मानवीय सम्बन्धमा आधारित ‘ढुकढुकी ७२ मेगाहर्ज’ र पारिवारिक कथामा बनेको नाटक ‘रैती’ मञ्चनरत छ।
फुर्सदमा हुुनुहुन्छ भने हेरौं कहाँ के हुँदैछ?
मण्डलामा ‘रैती’
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक ३० देखि नाटक ‘रैती’ मञ्चन भइरहेको छ। दिवेश खत्रीको लेखन र शसांक बस्नेतको निर्देशनमा बनेको नाटक पारिवारिक कथामा आधारित छ। नाटकले दुई गाउँको कथा प्रस्तुत गरेको छ।
नाटकमा कलाकार अमर बुढाथोकी, मनिशराज पाण्डे, शासंक बस्नेत, सचिन दाहाल, अजय कार्की, सौगात भुसाल, युगल श्रेष्ठ, मिसेल घिमिरे, दिवेश खत्री, रेश्ना भण्डारी, पवन कुमार गोले, सिमोन गिरी, विशाल भण्डारी, सुजना पाण्डे र केशव रोकायको अभिनय छ।
फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतको निर्माणमा बनेकाे नाटक शनिबार दिउँसो १२ बजे र अपरान्ह ४ बजेको दुई सो हुँदैछ।
‘ढुकढुकी ७२ मेगाहर्ज’
मण्डलामै कात्तिक २४ देखि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ। नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पत्तिको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ।
नाटकमा कलाकार मेनुका प्रधान र कर्माले अभिनय गरेका छन्। आगामी मंसिर १६ सम्म चल्ने नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे र शनिबार १ बजे अतिरक्त सो मञ्चन हुनेछ।
हलमा कुनकुन फिल्म?
ह्रस्व दीर्घ
कात्तिक ३० देखि हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्। प्रेम कथामा आधारित फिल्म एक्सन, रोमान्स र कमेडी जनरामा बनेको छ।
नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा ब्रह्मानन्दम्, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको १९ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।
पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। देशैभरका हलले बिहान ७ बजेदेखि मध्य राती पौने १२ बजेसम्मको सो दिएका छन। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको ६७ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा १५ सो, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा १४ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ।
भुल भुलैया ३
कात्तिक १६ देखि नेपालमा हिन्दी फिल्म ‘भुलभुलैया ३’ प्रदर्शन भइरहेको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक अनीस बज्मी हुन्। फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित र तृप्ती डिमरी मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको ९ सो छ।
त्यस्तै आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा ‘भुल भुलैया ३’ चलिरहेको छ।
सिंगम अगेन
कात्तिक १६ देखिनै नेपालमा अर्को हिन्दी फिल्म ‘सिंगम अगेन’ पनि प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगन, करीना कपूर, दीपिका पादुकोणको मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक रोहित शेट्टी हुन्।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा फिल्म ‘सिंगम अगेन’ चलिरहेको छ।
१२ गाउँ
दसैँको फुलपाती अर्थात् असोज २४ देखि हलमा फिल्म ‘१२ गाउँ’ पाँचौ सातामा प्रदर्शन भइरहेको छ। चौथो सातासम्म फिल्मले देशैभरबाट साढे २५ करोड कमाएको निर्माण टिमको दाबी छ। १२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्। यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, विश्वज्योति हलमा फिल्म ‘१२ गाउँ’ चलिरहेको छ।
छक्का पञ्जा ५
फुलपातीदेखि नै प्रदर्शन भइरहेको अर्को फिल्म हो ‘छक्कापञ्जा ५’। यो फिल्मले पनि चौथो सातासम्म २० करोड भन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।
सामाजिक कथामा आधारित कमेडी जनरामा बनेको फिल्मले दर्शकको मन जित्न सफल भएको छ। फिल्मका निर्देशक दीपाश्री निरौला हुन्। फिल्ममा दीपकराज गिरी र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टरमा फिल्मको एक सो छ।
भेनमः द लास्ट डान्स
हलिउड फिल्म ‘भेनमः द लास्ट डान्स’ कात्तिक ८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन थ्रिलर र एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक केली मार्सेल हुन्। फिल्ममा टम हार्डी, जुनो टेम्पल, चिवेटेल इजियोफोरलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।