कुल गार्हस्थ बढाउन उत्पादन क्षेत्र वृद्धि गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २९ कार्तिक २०८१ १८:२९
6
SHARES
कुल गार्हस्थ बढाउन उत्पादन क्षेत्र वृद्धि गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह प्रकाशमान सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कुल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिएका छन्। आज (बिहीबार) यहाँ नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गरे।

‘नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ। अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ। नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ,’ उपप्रधानमन्त्री सिंहले भने।

उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिररहेको जानकारी दिँदै उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए।

भृकुटीमण्डपमा आज (बिहीबार) देखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय तथा वैकल्पिक ऊर्जा क्षेत्रका उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिका बारेमा सूचना आदानप्रदान गरिने छ।

प्रकाशित: २९ कार्तिक २०८१ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast