‘ह्रस्व दीर्घ’ काे कुन हलमा कति सो?

हिमाल प्रेस २९ कार्तिक २०८१ ११:५७
96
SHARES
‘ह्रस्व दीर्घ’ काे कुन हलमा कति सो?

काठमाडौँ- यही शुक्रबार अर्थात् कात्तिक ३० देखि प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को बुकिङ खुलेको छ। देशकै ठुलो मल्टिप्लेक्स हल लगायतले बुधबारदेखि नै फिल्मको बुकिङ खुलाएका छन्। क्यूएफएक्स सिनेमाजले फिल्मलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ।

आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो दिएको छ। त्यस्तै उपत्यकाको अन्य हल एफक्यूब, बिग मुभिज र रञ्जनामा ५/५ सो पाएको छ। फिल्मले बिएसआर मुभिजमा ४ सो र सिडिसी सिनेमाजमा तीन सो पाएको छ।

कात्तिक ३० मै प्रदर्शन हुने भनिएको फिल्म ‘केटी हराएको सूचना’ काे स्थगित हुनु र दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई सो संख्यामा केही राहत मिलेको छ।

चन्द्र पन्तले निर्देशन गरेको फिल्म प्रेम कथामा आधारित छ। फिल्ममा प्रेम जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको छ। हरिहर अधिकारीको कथा रहेको फिल्ममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद छ।

फिल्मको मुख्य भूमिकामा अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारी छन्। भारतीय कलाकार र नेपाली कलाकारको फ्युजन रहेको फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीता ढुङ्गानाको लगानीमा बनेको छ। फिल्म नेपालीसहित हिन्दी, तेलुगु भाषामा पनि प्रदर्शन हुनेछ।

प्रकाशित: २९ कार्तिक २०८१ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast