प्रहरी घेराबाट बयानका लागि सरकारी वकिल पुगे रवि लामिछाने

हिमाल प्रेस २९ कार्तिक २०८१ १०:४८
22
SHARES
प्रहरी घेराबाट बयानका लागि सरकारी वकिल पुगे रवि लामिछाने

काठमाडौँ- सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट रुपन्देही ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको तेस्रो दिन आज (बिहीबार) बिहानदेखि सुरु भएको छ।

बिहान १०:२६ बजे जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही प्रवेश गरेका हुन्। प्रहरीले सुरक्षा घेराबाट लामिछानेलाई बयानका लागि कार्यालय प्रवेश गराइएको हो।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सरकारी वकिल कार्यालयका न्याधिवक्ता, प्रहरी प्रमुखहरूको उपस्थितिमा लामिछानेसँग बयान लिनेक्रम तीन दिनदेखि जारी छ। आज बयान सकाउने योजना रहेको बताइएको छ।

बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै इन्कार गरेको स्रोतले बताएको छ।

प्रहरी अधिकारीहरूले लामिछानेलाई कडा सुरक्षा घेराका बीच सरकारी वकिल कार्यालय प्रवेश गराएको थियो।

यसअघि मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरी प्रशासन सजग बनेको छ। रुपन्देही प्रहरीले बुधबार कार्यालय प्रवेश गराउँदा चौतर्फी प्रहरी राखेर प्रवेश गराइएको थियो।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ। मंगलबार र बुधबार लामिछानेसँग १३ घनेटा बयान लिइएको छ।

सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २९ कार्तिक २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast