सरकारमा रहेको अनुभूति हुने गरी काम गर्छौँ : मन्त्री सिंह

हिमाल प्रेस २८ कार्तिक २०८१ १९:२३
सरकारमा रहेको अनुभूति हुने गरी काम गर्छौँ : मन्त्री सिंह

जनकपुरधाम– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरी काम गर्ने बताएका छन्। जनकपुरस्थित मधेश प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्ने बताए।

राजनीतिक स्थायित्वविना विकास र समृद्धि सम्भव नरहेको भन्दै उनले कांग्रेस र एमाले गठबन्धनले स्थिरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए।

त्यस्तै फरक सन्दर्भमा उनले अहिले आइरहेका चुनौती सामना गर्न सक्ने गरी कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै उनले मधेश प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गरे।

यसअघि उनले शहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घान कार्यक्रममा बोल्दै सेवा प्रवाहलाई सहज बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए। ‘जनतालाई अनावश्यक रूपमा दुःख दिने काम तपाईंहरूको गतिविधिबाट नहोस्,’ उनले भने, ‘सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन् छिटोछरितो रूपमा गर्नुहोला।’

प्रकाशित: २८ कार्तिक २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast