माओवादीका सबै घटकलाई गोलबन्द गर्छु : पुष्पकमल दाहाल

हिमाल प्रेस २८ कार्तिक २०८१ १६:४१
22
SHARES
माओवादीका सबै घटकलाई गोलबन्द गर्छु : पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको उकालो यात्रा सुरु भएको बताएका छन्। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई बुधबार पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछिको आरोलो यात्रा सकिएर अब उकालो यात्रा सुरु भएको बताएका हुन्।

‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो,’ उनले भने, ‘तर, विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ।’

उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए। पार्टी एकताका लागि विभिन्न माओवादी घटकसँग छलफल भइरहेको र नेता-कार्यकर्ताको स्वस्फुर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए।

जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको बताउँदै उनले विभिन्न जिल्लामा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको बताए। क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरू वीरबहादुर विक, तुकलाल पुन, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast