काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य घट्नेक्रम जारी छ। आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६२ हजार २०० रुपैयाँ निर्धारण भएको हो। अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेपनि चाँदी पनि बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला चाँदी १ हजार ९२५ रुपैयाँमा खरिबिक्री भएको थियो।
प्रकाशित: २८ कार्तिक २०८१ १०:५१
प्रतिक्रिया