लोसपाले केन्द्रीय नेतालाई पार्टी कार्यालयमा दैनिक रूपमा जिम्मेवारी दिँदै, मंगलबार मनिषलाई

हिमाल प्रेस २८ कार्तिक २०८१ १०:०९
128
SHARES
लोसपाले केन्द्रीय नेतालाई पार्टी कार्यालयमा  दैनिक रूपमा जिम्मेवारी दिँदै, मंगलबार मनिषलाई

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी कार्यालय चलायमान बनाउन पदाधिकारीलाई दैनिक रूपमा कार्यालयमा उपस्थित गराउने भएको छ।

गएको कात्तिक ६ गते बसेको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीलाई सातामा एक पदाधिकारी, एक बार उपस्थित हुने निर्णय गरेको छ। लोसपाका अनुसार आइतबार पार्टी सुरेन्द्रकुमार झा, सोमबार आभाष लाभ र मंगलबार मनिषकुमार मिश्रलाई पार्टी कार्यालयमा उपस्थित हुने निर्णय गरेको छ।

यस्तै बुधबार विनोदकुमार सिंह, बिहीबार ज्ञानेन्द्र झा, शुक्रबार निर्जला राउत र शनिबार पुष्पा ठाकुर र कविन्द्रनाथ ठाकुरको उपस्थित रहने जनाइएको छ। पार्टीले लेभी उठाउने कार्यको जिम्मेवारी उपाध्यक्ष निर्जला राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई तोकिएको छ।

प्रकाशित: २८ कार्तिक २०८१ १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast