उत्कृष्ट लयमै संन्यासको योजनामा नाबी

हिमाल प्रेस २८ कार्तिक २०८१ ७:१९
18
SHARES
उत्कृष्ट लयमै संन्यासको योजनामा नाबी

काठमाडौँ- आईसीसी एक दिवशीय अलरान्ड वरीयतामा पहिलो स्थानमा रहेका क्रिकेटर हुन्,अफगानिस्तानका मोहम्मद नाबी। उनी विश्वका आश लाग्दा अलराउन्डरलाई पछि पार्दै केही समययता पहिलो वरीयतामा छन्। तर, ढल्कदो उमेरका कारण उनी केही समयपछि भने मैदान छाड्ने सोचमा छन्। नाबीले नै सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि एक दिवशीय क्रिकेटबाट बिदा लिने बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमवार बंगलादेशविरुद्धको सिरिज जितेपछि नाबीले आफ्नो योजना सार्वजनिक गरेका हुन्। अफगानिस्तानले बंगलादेशविरुद्धको सिरिज २–१ ले जित्दा नाबी प्लेयर अफ द सिरिज बनेका थिए ।

‘मैले गएको वर्ष भएको ओडिआई विश्व कपबाट संन्यास लिने मनसाय बनाएको थिए। तर, पछि हामी च्याम्पियन्स ट्रफीका लागि छनोट भयौं,’ नाबीले खेल पछि भने ‘हाम्रो लागि ऐतिहासिक रहेको च्याम्पियन्स ट्रफी खेलेर संन्यास लिने मनसाय बनाए।’

नाबीले आफ्नो निर्णयबारे अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) लाई जानकारी गराइसकेका छन्। नाबीले टि ट्वान्टी आई खेल लाई निरन्तरता दिने बुझिएको। नाबीले १ सय ६७ ओडिआई खेल खेलिसकेका छन्। नाबी अफगानिस्तानका सर्वाधिक ओडिआई खेल्ने खेलाडी हुन् । नाबी अहिले ओडिआई वरियताको अलराउण्डरतर्फ शीर्ष स्थानमा छन्।

नाबीले सन् २००९ मा स्कटल्यान्डविरुद्धको पहिलो ओडीआई खेल खेलेका थिए। उनले ओडीआई ३ हजार ६ सय बनाएका छन्। अफगानिस्तानको सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन्। सूचीको शीर्ष स्थानमा रहमत शाह छन् ।

नाबीले ओडिआईमा २७.४८ को औसतमा १७ अर्धशतक र दुई शतक प्रहार गरेका छन् । अफ स्पिनरको रूपमा नाबीले ३२.४७ को औसतमा १ सय ७२ विकेट लिएका छन्। त्यो अफगानिस्तानका लागि दोस्रो उच्च विकेट हो। सर्वाधिक विकेट लिने खेलाडी शीर्ष स्थानमा राशिद खान रहेका छन्।

सन् २०२५ को च्याम्पियन्स ट्रफी अफगानिस्तानको पहिलो सहभागिता हुनेछ। २०२३ मा भारतमा भएको ओडिआई विश्व कपमा छैटौं स्थान हासिल गर्दै अपगानिस्तानले यो सफलता प्राप्त गरेको हो।

च्याम्पियन्स ट्रफी २०२५ मा आयोजक पाकिस्तानसहित ओडिआई विश्व कप २०२३ का शीर्ष सात टोली सहभागी हुनेछन्।

नाबीले २०१५ मा पहिलो पटक अफगानिस्तानले सहभागीता जनाउको ओडिआई विश्व कपमा कप्तानको भूमिका निर्वाह गरेका थिए। उनले २०१९ मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए।

प्रकाशित: २८ कार्तिक २०८१ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast