घट्यो सेयर बजार कारोबार

हिमाल प्रेस २७ कार्तिक २०८१ १६:१७
12
SHARES
घट्यो सेयर बजार कारोबार

काठमाडौँ- अघिल्लो दिनको तुलनामा धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर २ हजार ७ सय ४८ दशमलव ९६ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले ओरालो लागेर ४ सय ८८ दशमलव ७८ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरमूल्य उकालो लाग्दा १० उपसमूहको शेयरमूल्य भने ओरालो लागेको छ।

कुल १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७ सय ९८ मूल्यमा खरिदबिक्री भएको छ। नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

वेस्ट फाइनान्स ९ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन्। गुडविल फाइनान्स ९ दशमलव ३६, आँखु खोला जलविद्युत् कम्पनी ४ दशमलव ९१, माछापुच्छ्रे बैङ्क ४ दशमलव ५९, अपर हेवाखोला हाइड्रोपावर कम्पनी ३ दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले ३ दशमलव ४८ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: २७ कार्तिक २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast