दीपक मनाङेलाई आजै जेल चलान गरिने

हिमाल प्रेस २७ कार्तिक २०८१ १३:४७
32
SHARES
दीपक मनाङेलाई आजै जेल चलान गरिने

काठमाडौँ- गण्डकी प्रदेशसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई आजै कारागार चलान गरिने भएको छ। मंगलबार बिहान काठमाडौँको सानोर्यातङबाट पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराएर कानुनी काम सिध्याएर कारागार चलान गरिनेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार फैसला कार्यान्वयनका लागि गुरुङलाई काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको हो। अदालतको पत्र प्राप्त भएसँगै सिधै कारागार लगिनेछ। उनलाई अदालतले केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजारमध्ये एक कारागारमा राखिने छ।

प्रहरीले मनाङेलाई पक्राउ गरेर सुरुमा केन्द्रीय अनुसन्धान ब्युरो पुर्‍याएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २० कात्तिकमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरी दोषी ठहर गरेको हो।

यसअघि तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो। २०७५ पुस ६ गते उनलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले नै आदेश दिएको थियो। सर्वोच्चको आदेशले छुटेका उनी सर्वोच्चकै आदेशले फेरि जेल फर्किन लागेका हुन्।

यसअघि उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनी आठ महिनामै छुटे। कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित मनाङे ६ पटक मन्त्रीसमेत बने।

प्रकाशित: २७ कार्तिक २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast