दीपक मनाङे पक्राउ

हिमाल प्रेस २७ कार्तिक २०८१ ११:०२
24
SHARES
दीपक मनाङे पक्राउ दीपक मनाङे। फाइल तस्बिर

काठमाडौँ-  पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्। मनाङेलाई काठमाडौँको सानो भर्‍याङस्थित एक हाउजिङबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘मनाङेलाई सानो भर्‍याङबाट प्रक्राउ गरिएको छ। उहाँलाई अनुसन्धानका लागि सीआईबीको कार्यालय टेकुमा  लगिएको छ।’

मनाङे ज्यान मार्ने कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको थियो।  न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्चको फैसलालाई सदर गरेको थियो। उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो।

कति पटक मन्त्री बने मनाङे?

मनाङे गण्डकी प्रदेशका सांसद र पूर्वमन्त्रीसमेत हुन्। उनी सरकार फेरबदल गर्दै गण्डकीमा छ पटक मन्त्री पनि भए। उनी पहिलो पटक पृथ्वीसुब्बा गुरुङको कार्यकालमा मन्त्री बनेका थिए।

मनाङेले पहिलो पटक २०७४ मा मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमालेले समर्थन गरेपछि कांग्रेसका कर्म गुरुङलाई हराएर प्रदेशसभा सदस्य चुनिएका उनी पछिल्लो डेढ वर्षमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुवै सरकारको युवा तथा खेलकुदमन्त्री बने।

४ मंसिर २०७९ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २३ असोजमा उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

राप्रपा, माओवादी केन्द्रको समर्थन जुटाएर गत वर्षको चैत १० गते पहिलो पटक मुख्यमन्त्री बनेको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वबाहेकको हरेक सरकारमा मनाङे मन्त्री बनेका छन्।

उनलाई सुरेन्द्रराज पाण्डेले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री बनाएका थिए। मनाङे पहिलो पटक २०७८ बैशाख १६ गते मन्त्री बनेका थिए। तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए।

त्यतिखेर उनी १० दिनमात्रै सत्तामा रहे । बैशाख २६ मा तत्कालिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे स्वतः मन्त्री पदबाट हट्नुपर्‍यो। संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा पृथ्वीसुब्बा बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए।

सत्ता टिकाउने होडमा मनाङेलाई तत्कालिन मुख्यमन्त्री गुरुङले दोस्रो पटक मन्त्रीमा दोहोर्‍याए। ५ जेठमा युवा तथा खेलकुद मन्त्री बनेका मनाङेले चार दिनपछि शपथ लिए।

राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता लिँदा सरकार ढल्ने भएपछि मनाङे फेरि नयाँ सरकार बनाउन प्रयासरत कांग्रेस र माओवादीतिर लागे। कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारमा पनि खेलकुदमन्त्री भए।

राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता लिँदा सरकार ढल्ने भएपछि मनाङे फेरि नयाँ सरकार बनाउन प्रयासरत कांग्रेस र माओवादीतिर लागे। कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारमा पनि खेलकुदमन्त्री भए। त्यसपछि मुख्यमन्त्री बनेका खगराज अधिकारीको सरकारमा पनि मनाङे मन्त्री बने। यसअघिको सुरेन्द्रराज पाण्डेको सरकारमा मन्त्री बनेका थिए।

प्रकाशित: २७ कार्तिक २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast