भारतको विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा जाँदा एनओसी नचाहिने

हिमाल प्रेस २६ कार्तिक २०८१ १६:२१
146
SHARES
भारतको विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा जाँदा एनओसी नचाहिने विमानस्थलमा यात्रुहरूकाे भीड

काठमाडौँ- श्रम स्वीकृति लिएका नेपाली कामदारले भारतको विमानस्थलमार्फत वैदेशिक रोजगारीमा जााँदा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने भएको छ। दिल्लीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कतार, साउदी मलेसिया, यूएई, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने जनाएको छ।

वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको दूतावासको विज्ञप्तीमा भनिएको छ। अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जानकारी दिएको छ।

यस्तै, रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था भएको विज्ञप्तीमा भनिएको छ।

नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast