सञ्जीव खन्ना बने भारतको ५१औँ प्रधानन्यायाधीश

हिमाल प्रेस २६ कार्तिक २०८१ ११:२८
10
SHARES
सञ्जीव खन्ना बने भारतको ५१औँ प्रधानन्यायाधीश भारतका नवनियुक्त प्रधानन्यायाधीश सञ्जीव खन्ना। तस्बिर साभार : पीटीआई

काठमाडौँ- भारतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त भएका छन्। उनी भारतका ५१औँ प्रधानन्यायाधीश बनेका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीश खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानन्यायाधीशलाई शपथ ग्रहण गराइन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। आइतबार न्यायाधीश डिबाई चन्द्रचूडले भारतका ५०औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए। उनी दुई वर्षभन्दा बढी समयसम्म यो पदमा थिए।

न्यायाधीश सञ्जीव खन्नालाई २४ अक्टोबरमा भारतका प्रधानन्यायाधीश नियुक्त गरिएको थियो। सर्वोच्च अदालतभन्दा पहिले उनी दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत विभिन्न अदालतमा अभ्यास गरिसकेका छन्।

प्रकाशित: २६ कार्तिक २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast