कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८१ १६:२२ | Sunday, November 10, 2024
कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु

सुर्खेत– कालीकोटको पलाँतामा आइतबार बोलेरो जिप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा घाइते भएका १३ जनामध्ये पाँचजनाको मृत्यु भएको जानकारी दिए। उनले दुर्घटनाका घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको बताए।

साढे तीन बजेतिर पलाँता गाउँपालिका-७ को राडुनेटा भन्ने ठाउँमा क.प्र ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा भएको हो। जिप थिर्थुबाट रामनाकोट जाँदै थियो।  घटनाबारे थप विवरण भने आउन बाँकी रहेको डाँगीले बताए।

प्रकाशित: २५ कार्तिक २०८१ १६:२२ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast