कालीकोटमा जिप दुर्घटना : आठजनाको मृत्यु, घाइते ६ जनाको हेलिकप्टरमार्फत उद्धार

हिमाल प्रेस २५ कार्तिक २०८१ १६:४०
34
SHARES
कालीकोटमा जिप दुर्घटना : आठजनाको मृत्यु, घाइते ६ जनाको हेलिकप्टरमार्फत उद्धार तस्बिर : गणेश/फेसबुक

काठमाडौँ– कालिकोटको पलाँता गाउँपालिका ३ मा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीका अनुसार दुर्घटनामा आठजनाको मृत्यु भएको र घाइते ६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिसकिएको छ।

‘प्रहरीले आठजनाको मृत्यु भइसकेको जानकारी गराएका छन्,’ उनले हिमालप्रेस भनिन्, ‘दुर्घटना हाम्रो गाउँपालिकाको ५ बाट वडा नम्बर ३ को राडुनेटा भन्ने ठाउँमा भएको हो।’

प्रहरी नायब उपरीक्षक नारायण डाँगीले साढे तीन बजेतिर क.प्र ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा भएको हो। जिप थिर्थुबाट रामनाकोट जाँदै थियो। घटनाबारे थप विवरण भने आउन बाँकी रहेको डाँगीले बताए।

कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु

प्रकाशित: २५ कार्तिक २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast