मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

हिमाल प्रेस २५ कार्तिक २०८१ १५:५२
8
SHARES
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो लीलावल्लभ अधिकारी

काठमाडौँ- मानव तस्करीको आरोपमा निवासबाटै पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। उनलाई विराटनगरबाट पक्राउ गरी मोरङ प्रहरीले काठमाडौँ पठाएको हो।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले मोरङ प्रहरीलाई पक्राउ गरी काठमाडौँ पठाउन पत्र लेखेको थियो। सोहीअनुसार उनलाई विराटनगरबाट विमानमार्फत काठमाडौँ ल्याइएको हो।

अधिकारी मोरङ निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित एमालेका सांसद हुन्। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।

साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। एमाले कोशी प्रदेश संसदीय दलले पनि उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =