निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश नियुक्त

हिमाल प्रेस २५ कार्तिक २०८१ १४:१०
6
SHARES
निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश नियुक्त नृपध्वज निरौला र नित्यानन्द पाण्डेय

काठमाडौँ- नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीशद्वय निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदनसमेत भएको थियो।

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

प्रकाशित: २५ कार्तिक २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =