शिक्षक बने नमूना किसान

हिमाल प्रेस २५ कार्तिक २०८१ १०:२२
106
SHARES
शिक्षक बने नमूना किसान फाइल तस्बिर

बागलुङ- कोरोना महामारीका कारण गाउँघरमा आउजाउ ठप्प थियो। विद्यालय बन्द थिए। घरछेउको पुर्ख्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो। वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’ लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो। यही मेसोमा एक दिन उनले किबीखेती गर्ने निर्णय गरे।

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले। गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी नमूना किसान भएका छन्।

विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ। उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको बताए। सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन्।

२०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए। किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो। दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गरेका उनले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाए।

उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन्। प्रतिकिलो तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ। किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८१ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =