काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ। प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री ओली आज अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको बिदाइ कार्यक्रममा विमानस्थल जाने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेल आज अपराह्न साढे ४ बजे अजरबैजान जाने कार्यक्रम रहेको छ। जलवायु सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजानको बाकु जान लागेका हुन्। राष्ट्रपतिसहितको टोली आगामी कात्तिक ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित: २५ कार्तिक २०८१ ९:२५
प्रतिक्रिया