काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।
उदयपुरमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।
दुई ठूला दलको सरकार हुँदा पनि देश भ्रष्टाचार र सुशासनको हिसाबले गम्भीर रुपमा गुज्रिरहेको बताउँदै उनले बितेका सय दिन उपलब्धिहीन रहेको टिप्पणी गरे। संविधान संशोधन लगायतका महत्वपूर्ण कामको सुरुवातसम्म नभएको बताए।
संविधान सुधारका लागि अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गर्नु जरुरी रहेको उनको भनाइ छ।
प्रकाशित: २४ कार्तिक २०८१ २०:३२
प्रतिक्रिया