जनजातिको थातथलो खोसिने भन्दै मेरापिकलाई राष्ट्रिय निकुञ्ज नबनाउन महासंघको माग

हिमाल प्रेस २३ कार्तिक २०८१ १८:१०
54
SHARES
जनजातिको थातथलो खोसिने भन्दै मेरापिकलाई राष्ट्रिय निकुञ्ज नबनाउन महासंघको माग

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ। शुक्रबार काठमाडौंँमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जका कारण आदिवासी जनजातीहरूको थातथलो खोसिन लागेको भन्दै खारेज गर्न माग गरेको हो।

प्रस्तावित निकुञ्ज खारेज गर्न माग गर्दै वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाइसकिएको महासंघले जनाएको छ।

सरकारले १३ औं राष्ट्रिय निकुञ्जका रुपमा सोलुखुम्बु जिल्लाका महाकुलुङ सोताङ र माप्यादुधकोशी गाँउपालीकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरे पनि महासंघले त्यसको विरोध गरेको हो।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदायसँग छलफल नै नगरी मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको प्रति गम्भीर आपत्ति रहेको बताए। उनले आदिवासी जनजातिको अधिकार हनन गर्ने कुनै पनि कामको विरुद्ध आन्दोलन समेत गर्ने चेतावनी दिए। प्रस्तावित निकुञ्ज क्षेत्रका बासिन्दाहरुसंग परामर्श नै नगरी राज्यले एकतर्फी ढंगले राष्ट्रिय निकुञ्ज गर्न लागेको भन्दै महासंघले भर्त्सनासमेत गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast