ट्रम्पले रचेको पाँच इतिहास

हिमाल प्रेस २३ कार्तिक २०८१ १५:२७
10
SHARES
ट्रम्पले रचेको पाँच इतिहास डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन दलका डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसमाथि विजयपछि अमेरिकामा पाँच प्रमुख घटना ऐतिहासिक बनेका छन्। ट्रम्पले जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन्।

आपराधिक मुद्दा :  डोनाल्ड ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसलाई आपराधिक मुद्दामा अदालतले दोषी ठहराएको थियो। उनलाई न्युयोर्कमा भएका केही आपराधिक घटनामा दोषी ठहराइएको थियो। यद्यपि उनलाई हालसम्म कुनै सजायको आदेश दिइएको छैन। यसबारे अदालतमा २१ नोभेम्बरमा यसको सुनुवाइ हुनेछ।

सबैभन्दा बढी उमेरका :  ट्रम्प सबैभन्दा बढी उमेरमा निर्वाचित हुने अमेरिकी राष्ट्रपति भएका छन्। उनी ७८ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका हुन्। जो बाइडेनले पनि ७७ वर्षको उमेरमा राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए। उनी २०२४ को नोभेम्बरमा ८१ वर्षका भएका छन्। ट्रम्प अवकाश पाउँदा ८२ वर्षका हुनेछन्।

लोकप्रिय मत जित्न सफल :  २०१६ को चुनावभन्दा पहिलेका पाँच चुनावमा कुनै पनि रिपब्लिकन उम्मेदवारले लोकप्रिय मतले जित्न सकेका थिएनन्। अर्थात् इलेक्टोरल कलेजमा जिते पनि उनीहरू मतसंख्यामा प्रतिद्वन्द्वीभन्दा पछि परेका थिए। सन् २०१६ मा पहिलो रिपब्लिकन उम्मेदवार बन्दा ट्रम्प लोकप्रिय मतले निर्वाचित भएका थिए।

दुई पटक महाभियोगको सामना :  ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसले दुई पटक महाभियोगको सामना गर्नुपरेको छ। दुई पटक महाभियोग लागेर पनि उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनीमाथि पहिलो महाभियोग २०१९ मा र दोस्रो महाभियोग जनवरी २०२१ मा लगाइएको थियो। दुवैपटक सिनेटले उनलाई सफाइ दिएको थियो।

जित हार, अनि जित :  ट्रम्प अमेरिकी इतिहासमा दोस्रो त्यस्ता राष्ट्रपति भएका छन् जसको दुई कार्यकाल बीचमा एउटा पराजय समावेश छ। यसअघि ग्रोभर क्लिवल्यान्डले १३२ वर्षपहिले यस्तै गरेका थिए। क्लिवल्यान्ड अमेरिकाका २२औँ र २४औँ राष्ट्रपति हुन्।

प्रकाशित: २३ कार्तिक २०८१ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =