विश्व भ्रमणमा ‘कन्दरा’, शनिबार काठमाडौँमा गुञ्जिँदै

हिमाल प्रेस २३ कार्तिक २०८१ १३:४४
2
SHARE
विश्व भ्रमणमा ‘कन्दरा’, शनिबार काठमाडौँमा गुञ्जिँदै

काठमाडौँ- पछिल्लो समय नेपाली संगीतमा सांगीतिक समूहको सक्रियता बढ्न थालेको छ। ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका सांगीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुवात गर्दैछ।

आफ्नो ३२ वर्षको सांगीतिक यात्रामा पहिलोपटक काठमाडौँमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ का गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘हामीले संगीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौँमा पहिलोपटक गुञ्जिँदै छौँ। यहाँ हामीले एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अचम्मित छौँ। त्यसकारण यो विश्व भ्रमणको सुरुवात काठमाडौँबाट गर्ने भएका छौँ। यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ।’

कन्दराले कात्तिक २४ मा ठमेलस्थित एक क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिँदैछ। त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिए। नेपालपछि आगामी वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ। यस समूहमा ‘ड्रम्स’ मा सुनील थापा, ‘लिड गितार’मा देव लामा छन्।

प्रकाशित: २३ कार्तिक २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =