रूपन्देहीमा ११२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजस्व टोलीमाथि ढुंगामुढा प्रहार

हिमाल प्रेस २३ कार्तिक २०८१ १३:०४
8
SHARES
रूपन्देहीमा ११२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजस्व टोलीमाथि ढुंगामुढा प्रहार बरामद गरिएको चिनी। तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

काठमाडौँ- रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी एकाइ र राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार चिनी बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढासमेत प्रहार गरेका थिए। त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरवितर पारी बरामद चिनी राजस्व अनुसन्धन कार्यालय बुटवलमा बुझाएको छ।

उक्त भीडले ढुंगामुढा गर्दा दुईजना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ।

प्रकाशित: २३ कार्तिक २०८१ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast