उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न गरियो छठ (तस्बिरहरू)

हिमाल प्रेस २३ कार्तिक २०८१ ८:१८
16
SHARES
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न गरियो छठ (तस्बिरहरू)

काठमाडौँ- उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न गरिएको छ।

चार दिनसम्म विविध विधि गर्दै मनाइने छठको चौथो दिन आज बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्साल, काठमाडौँलगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न गरिएको हो।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ हुन्छ।

प्रकाशित: २३ कार्तिक २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =