यी जिल्लाका ईसीडी शिक्षकलाई क्षमता विकास प्रमाणिकरण तालिम दिइने

हिमाल प्रेस २२ कार्तिक २०८१ १७:२४
4.0k
SHARES
यी जिल्लाका ईसीडी शिक्षकलाई क्षमता विकास प्रमाणिकरण तालिम दिइने

काठमाडौँ- कोशी प्रदेश शिक्षा तालिम केन्द्र सुनसरीले ताप्लेजुङ, पाँचथर र इलामका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई दश दिने (कात्तिक २९ देखि मंसिर ८ गतेसम्म) पेसागत क्षमता विकास प्रमाणिकरण तालिम दिने भएको छ।

केन्द्रले ताप्लेजुङ, पाँचथर र इलामका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेख्दै तालिम नलिएका ईसीडी शिक्षक छनोट गरी तालिममा सहभागी गराइदिन अनुरोध गरेको छ।

पत्रमा भनिएको छ,‘यस तालिम केन्द्रका लागि आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रारम्भिक बालविकास र शिक्षा (ECED) मा कार्यरत बालविकास शिक्षकको पेसागत क्षमता विकास प्रमाणिकरण TPD प्रथम चरण तालिम हुने भएको हुँदा यसभन्दा अघि प्रमाणिकरण TPD तालिम नलिएका बालविकास शिक्षकहरू छनोट गरी तालिममा सहभागी गराइदिनुहुन अनुरोध छ।’

तालिम प्रमुख सूर्यराज घिमिरेका अनुसार तालिमका लागि ताप्लेजुङबाट ६, पाँचथरबाट दश र इलामबाट दश गरी २६ वटा कोटा निर्धारण गरिएको छ। शिक्षकहरूलाई शिक्षा तालिम केन्द्र इलाम शाखामा तालिम दिइने बताइएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast