काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको छ। केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार उपनिर्वाचनका लागि कोशीमा निशा डाँगी (केन्द्रीय सदस्य तथा सांसद), मधेशमा डा. चन्दा कार्की (केन्द्रीय सदस्य तथा सांसद), बागमतीमा शिशिर खनाल (केन्द्रीय सदस्य तथा सांसद) र गण्डकीमा विन्दवासिनी कांसकार (केन्द्रीय सदस्य तथा सांसद) खटिने भएका छन्।
यसैगरी लुम्बिनीमा कुसुम महर्जन (केन्द्रीय सदस्य), कर्णालीमा लिमा अधिकारी (कोषाध्यक्ष) र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठ (केन्द्रीय सदस्य) लाई जिम्मेवारी तोकिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।
यस्तो छ तालिका :
उम्मेदवारी दर्ता : २०८१ कात्तिक २२ देखि २५ गतेदेखि दिउँसो २ बजेसम्म
प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन : २५ गते, साँझ ८ बजे सम्म
प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध : २६ गते, साँझ ५ बजे सम्म
उम्मेदवारसँग छलफल : २७ गते, साँझ ५ बजे सम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २७ गते
मतदानरनिर्णय ८ गते : साँझ ७ बजेसम्म
नतिजा प्रकाशन : कात्तिक २९ गते दिउँसो १ बजे