यू-१९ महिला विश्वकप छनोटमा कुवेतसँग भिड्दै नेपाल

हिमाल प्रेस २२ कार्तिक २०८१ ७:४८
50
SHARES
यू-१९ महिला विश्वकप छनोटमा कुवेतसँग भिड्दै नेपाल फाइल तस्बिर

काठमाडौँ- आईसीसी यू-१९ टी-२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। सेभेन्स स्टेडियम दुबईमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा हुनेछ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार पारेको थियो।

जबाफमा थाइल्यान्डले कमजोर प्रदर्शन गर्दै ११ ओभर ४ बलमा केवल ३५ रन बनाएर सबै विकेट गुमाएको थियो।थाइल्यान्डविरुद्ध कप्तान कप्तान पुजा महोतोले अलराउन्ड प्रदर्शन गर्दा रचना कुमारी चौधरीले बलिङ मार्फत उत्कृष्ट योगदान दिएकी थिइन्।

पुजाले ३५ र बनाउँदा २ विकेट हात पारेकी थिइन्। रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन। रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिएकी थिइन्।

नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रनको योगदान दिइन्। सोनी पाख्रिन १९ रनमा आउट हुँदा सिमाना केसी १९ रनमा नटआउट रहिन्। थाइल्यान्डकी चारुकन सइमाले २ तथा सुनिसाले १ विकेट लिइन्।

हिजै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईएले कुवेतलाई १ सय ३ रनले पराजित गरेको थियो। कुवेत यस खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुने छ । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता रहेको छ।

डबल राउन्ड रोबिनका आधारमा खेलिने प्रतियोगितको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने अन्डर-१९ टी-२० विश्वकपका लागि छनोट हुनेछ।

प्रकाशित: २२ कार्तिक २०८१ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast