डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

हिमाल प्रेस २१ कार्तिक २०८१ १६:५८
26
SHARES
डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। समाचार एजेन्सी सीएनएनका अनुसार मत गणना जारी रहँदा ट्रम्पको रिपब्लिकन पार्टीले २७७ इलेक्ट्रोरल भोट पाएको छ। बहुमतका लागि चाहिने भोट भने २७० हो। कमला ह्यारिसको डेमोक्र्याटिक पार्टीले २२४ इलेक्टोरल भोट पाएको छ।

दोस्रो विश्वयुद्धपछि ट्रम्प चार वर्षको अन्तरालपछि पुनः विजयी हुने पहिलो राष्ट्रपति बनेका छन्। उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति भएका थिए। त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकालका लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए। तर, उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भए।

ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन्। उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा मतदातालाई धन्यवाद दिए।  सम्बोधनमा उनले भनेका थिए- यो अमेरिकाकी जनताका लागि सानदार जित हो, जसले हामीलाई अमेरिका फेरि महान् बनाउन सक्षम बनाउनेछ। उनलाई हाल नेपालका राष्ट्रपति रामचन्द्र पौडेलदेखि अन्य देशका नेतृत्वले बधाई दिइरहेका छन्।

विश्वका नेताहरूले ट्रम्पलाई दिए बधाई, कसले के भने?

निर्वाचित भएको घोषणा गर्दै ट्रम्पले भने, अब अमेरिकामा स्वर्ण युग आउनेछ

प्रकाशित: २१ कार्तिक २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast