प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

हिमाल प्रेस २१ कार्तिक २०८१ १४:५२
14
SHARES
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- बिरामी भएर प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री क‍ेपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ। ज्वोरो आएर आराम गरिरहेका ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकलाई उदृत गर्दै सचिवालयले जनाएको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ,’ सचिवालयले बुधबार दिउँसो उनको स्वास्थ्यबारे जानकारी गराउँदै भनेको छ, ‘उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन्।’ बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारदेखि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast