चुजी फाउन्डेसनद्वारा लुम्बिनीमा विद्यालय भवन निर्माण

हिमाल प्रेस २१ कार्तिक २०८१ १०:४५
10
SHARES
चुजी फाउन्डेसनद्वारा लुम्बिनीमा विद्यालय भवन निर्माण विद्यालय भवन शिलान्यास समारोहमा सम्बोधन गर्दै ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनकी सहायक कार्यकारी निर्देशक लिन पीयूई। तस्बिर : हिमालप्रेस

लुम्बिनी– ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनले लुम्बिनीस्थित सिद्धार्थ आधारभूत विद्यालयको अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ७ मा अवस्थित उक्त विद्यालयको जग्गामा अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माणका लागि मंगलबार शिलान्यास गरिएको छ।

फाउन्डेसनकी सहायक कार्यकारी निर्देशक लिन पीयूईको उपस्थितिमा विद्यालय भवनको शिलान्यास गरिएको हो। शिलान्यास समारोहलाई सम्बोधन गर्दै निर्देशक लिनले बुद्धजन्मस्थल लुम्बिनीमा शिक्षाको ज्योतिका लागि विद्यालय भवन शिलान्यास गर्न पाउनु भविष्यका लागि आशाको वरदान हुने बताइन्। उनले बौद्ध धर्मगुरु चेङ येनले बुद्धबाट प्रभावित भई विश्वका असहायलाई सेवा गर्ने उदेश्यले चुजी फाउन्डेसनको स्थापना गरेको जानकारी दिँदै बुद्धजन्मस्थलमा विद्यालय भवनको शिलान्यास गर्न पाउनु पवित्र कार्य भएको बताइन्।

विद्यालयबाहिर विद्यार्थी नहोऊनन् भन्ने उदेश्यलाई प्रोत्साहन गर्दै शिक्षकहरुो सम्मान र अभिभावकहरुलाई समेत साथमा लिएर शिक्षामा नयाँ काम गर्न आफूहरुले सिद्धार्थ विद्यालय भवन निर्माणमा जुटेको सहायक कार्यकारी निर्देशक लिनले बताइन्।

उनका अनुसार चुजीले नेपालसँग स्न १९९३ मा साझेदारी गरी सन् २०१५ को भूकम्पमा राहात र कोभिड महामारीका बेलामा पनि महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको थियो। फाउन्डेसनले विगत ५८ वर्षदेखि परोपकार, चिकित्सा सेवा, शिक्षा र मानवी गरी चार क्षेत्रमा सहयोग गर्दै विश्वका १३६ देशमा सेवा गरेको छ।

विद्यालयका प्रधानाध्यापक अल्ताप हुसेन खाँनले विद्यालय भवन निर्माणको शुभारम्भले आफूहरुलाई उत्साही बनाएको बताए। उनले विद्यालयको उत्तरतर्फको जग्गामा बन्ने भवन निर्माण हुने बताए।

शिलान्यास समरोहमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, पूर्वसांसद फकरुद्धिन खाँन, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजनसहित फाउन्डेसन विभिन्न देशका प्रतिनिधि, लुम्बिनी क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो। शिलान्यासका अवसरमा विद्यालय भवन डिजाइन प्रदर्शन गरिएको थियो।

प्रकाशित: २१ कार्तिक २०८१ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast