नर्वे सरकारले विद्यार्थीको दिवा खाजामा सहयोग प्रदान गर्ने

हिमाल प्रेस २१ कार्तिक २०८१ १०:४१
720
SHARES
नर्वे सरकारले विद्यार्थीको दिवा खाजामा सहयोग प्रदान गर्ने

काठमाडौँ- नर्वेका राजदूत तोरुण द्रमदलले विद्यार्थीको दिवा खाजामा सहयोग प्रदान गर्ने बताएकी छन्। गत हप्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग मन्त्रालयमा शिष्टाचार भेटघाटका क्रममा द्रमदल ले सो सहयोग गर्ने बताएकी हुन्।

राजदूत द्रमदलले जलवायु परिवर्तन, शासकीय सुधार, समावेशी शिक्षाजस्ता क्षेत्रहरू नर्वे सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा पनि नेपालको शिक्षा क्षेत्रमा सहयोग प्रदान गर्ने विकास साझेदारको रूपमा रहने कुरा व्यक्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्री भट्टराईले नर्वे सरकारबाट नेपालको शिक्षा क्षेत्रमा भएको सहयोगको प्रशंसा गरिन्।

प्रकाशित: २१ कार्तिक २०८१ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =