तनहुँमा मावि तहका यी शिक्षकलाई पदस्थापन

हिमाल प्रेस २१ कार्तिक २०८१ १०:०४
554
SHARES
तनहुँमा मावि तहका यी शिक्षकलाई पदस्थापन

काठमाडौँ- तनहुँको भानु नगरपालिकाअन्तर्गतका पाँचवटा विद्यालयमा माध्यमिक तहका पाँचजना शिक्षकलाई पदस्थापन गरिएको छ।

शिक्षक सेवा आयोगबाट सिफारिस भई शिक्षा विकास तथा समन्वय एकाइ तनहुँबाट स्थायी नियुक्ति पत्र लिई भानु नगरपालिकामा पदस्थापनाका लागि आएका पाँचजना शिक्षकलाई विभिन्न विद्यालयमा पदस्थापन गरिएको भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

रञ्जिता श्रेष्ठ (विज्ञान) विद्या निकुञ्ज मावि, मदन घिमिरे (विज्ञान) जनसहयोगी मावि, हिमकला दवाडी (नेपाली) चन्द्रावती मावि, मिलन कुमार सापकोटा (नेपाली) जनसहयोगी मावि, शिवप्रसाद पौडेल (सामाजिक) जनजागृति मावि तुरतुरेमा पदस्थापना भएका छन्।

उनीहरू पाँचै जनालाई कात्तिक १४ गते बुधबारदेखि पदस्थापन गरिएको हो।

प्रकाशित: २१ कार्तिक २०८१ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast