काठमाडौँ- विराटनगरमा जारी १९ वर्षमुनिको नरेश श्रेष्ठ मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच बुधबार फाइनल भिडन्त हुनेछ। खेल अहिले ९ बजेदेखि हुनेछ भने यसको लाइभ क्रिकेट एसोसिएसन नेपालनामक युट्युव च्यानलले गर्नेछ।
सुदूरपश्चिम प्रतियोगितामा ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंकका साथ फाइनल प्रवेश गरेको हो। लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले कर्णाली, गण्डकी, मधेस, कोशी र बागमती प्रदेशमाथि जित हात पारेको थियो।
यस्तै, लुम्बिनी प्रदेश पनि १० अंकसहित फाइनल प्रवेश गरेको हो। लुम्बिनी लिग चरणको अन्तिम खेलमा आज मधेस प्रदेशसँग पराजित भयो।
कर्णाली प्रदेशले बागमतीलाई पराजित गरेको छ।
प्रकाशित: २१ कार्तिक २०८१ ८:४८
प्रतिक्रिया