अमेरिकी चुनाव : मतदान सुरू, को बन्लान् राष्ट्रपति?

हिमाल प्रेस २० कार्तिक २०८१ २०:५६
18
SHARES
अमेरिकी चुनाव : मतदान सुरू, को बन्लान् राष्ट्रपति?

काठमाडौँ- देशका नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा मतदान सुरू भएको छ। स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।

मतदानका लागि बिहान ७ बजेदेखि राति साढे ८ बजेसम्म समय निर्धारण गरिएको छ। राजधानी वाशिंगटन डीसीमा अत्याधिक चिसोका बीच मतदाताहरू लाइनमा उभिएका छन्।

राष्ट्रपति निर्वाचित गर्न मतदान भइरहे पनि अमेरिकामा सार्वजनिक बिदा दिइएको छैन।

यसपालिको निर्वाचन अमेरिकी इतिहासमा सबैभन्दा कडा टक्करको ठानिएको छ। डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपल्बिकन पार्टीका डोनाल्ड ट्रम्पबीच राष्ट्रपति पदका लागि कडा टक्कर देखिएको छ।

दुवै उम्मेदवारबीच केवल एक् प्वाइन्टको अन्तर रहेको बताइएको छ। यसपालिको चुनावमा आप्रावासन ठूलो मुद्दा बनेको छ। ट्रम्पले आप्रावासीहरूका लागि नियम कडा बनाउने घोषणा गरेका छन्।

ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति। ह्यारिसलाई बहालवाला राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बराक ओबमालगायतले समर्थन गरेका छन्। त्यस्तै ट्रम्पको समर्थनमा चर्चित उद्योगपति एलन मस्कले प्रचार गरेका छन्।

मतदानको पूर्वसन्ध्यामा डेमोक्रेटिककी उम्मेदवार ह्यारिसले पेनसिल्वेनिया र रिपब्लिकन उम्मेदवार ट्रम्पनले पेििन्सल्वेनिया, मिशिगन र नर्थ कैरोलाइनमा मतदाताहरूसँग भोटका लागि अपिल गरेका थिए।

प्रकाशित: २० कार्तिक २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast