दक्षिण सुडानमा शान्ति सैनिकहरूको अदलीबदली

हिमाल प्रेस २० कार्तिक २०८१ १९:३७
12
SHARES
दक्षिण सुडानमा शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ- संयुक्त राष्ट्र संघको दक्षिण सुडानस्थित मिसनमा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ। कार्यकाल सम्पन्न गरेका सैनिकहरू स्वदेश फिर्ता भई सेनाको नयाँ टोलीलाई त्यहाँ पठाइएको हो।

दक्षिण सुडानको मिसनमा तैनाथ रहन मंगलबार ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फालाई त्यसतर्फ पठाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा १५० जना नेपाली सेनाको टोली संयुक्त राष्ट्र संघको चार्टर विमानमार्फत मिसन ईलकातर्फ प्रस्थान गरेको निर्देशनालयले जानकारी दिएको छ।

त्यस्तै सोही मिसनमा कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिक सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएका छन्।

प्रकाशित: २० कार्तिक २०८१ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =