रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २० कार्तिक २०८१ १५:३९
24
SHARES
रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति रवि लामिछाने जिल्ला अदालत कास्कीअगाडि । फाइल तस्बिर

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिनको म्याद दिएको छ। तेस्रोपटक म्याद थपका लागि प्रहरीले आज लामिछानेलाई अदालत लगेको थियो।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार गत १५ गतेदेखि लागू हुने गरी म्याद थप भएको हो। यस हिसाबले लामिछानेमाथि छानबिनका लागि अहिले थपिएको १० दिनको म्याद कात्तिक २५ गते नै सकिने छ। १५ गते नै म्याद सकिने भए पनि तिहारलगायत चाडपर्वका कारण अदालत बन्द भएपछि म्याद थप भएको थिएन। आज अदालत खुला भएसँगै म्याद थपका लागि लगिएको थियो।

लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए।

लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालयले भने सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि छानबिन गर्नुपर्ने देखिएको भन्दै ३० दिनको म्याद थप गर्न माग गरेको थियो। तर अदालतले भने १० दिनको म्याद दिएको हो। लामिछानेलगायतविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ।

उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो। दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो।

रविमाथि अनुसन्धान बाँकी रहेको जिकिरसहित ३० दिन म्याद थप्न सरकारी वकिलको माग

प्रकाशित: २० कार्तिक २०८१ १५:३९

प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =