काठमाडौँ- आईसीसी यू-१९ महिला टी- २० विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।
खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो भोलि (नोभेम्बर ६) खेल थाइल्यान्डसँग खेल्नेछ। यूएईमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।
दोस्रो खेलमा नेपालले बिहीबार बिहान (नोभेम्बर ७) सवा ११ बजे कुबेतसँग खेल्नेछ। तेस्रो खेलमा नेपालले शनिबार यूएई (नोभेम्बर ९)सँग खेल्नेछ। खेल बिहान सवा ११ सुरु हुनेछ ।
यस्तै, आगामी आइतबार (नोभेम्बर १०) नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्। कात्तिक २७ गते (नोभेम्बर १२) नेपाल र कुबेत आमनेसामने हुनेछन्। कात्तिक २८ (नोभेम्बर १३) गते नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछन्।
प्रकाशित: २० कार्तिक २०८१ १४:००
प्रतिक्रिया