सर्लाही कार दुर्घटना अपडेट : पोखरीमा डुबेका दुईजनाकै शव गोताखोरले निकाल्यो

हिमाल प्रेस २० कार्तिक २०८१ ८:५१
4
SHARES
सर्लाही कार दुर्घटना अपडेट : पोखरीमा डुबेका दुईजनाकै शव गोताखोरले निकाल्यो उद्धारमा खटिएको गोताखोर टोली । तस्बिर : सशस्त्र प्रहरी

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेका दुईजनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

पोखरीमा डुबेका २ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार गोताखोरले कार पनि निकाल्ने प्रयास गरिरहेको छ। सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको टोलीले शव निकालेको हो।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित: २० कार्तिक २०८१ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast