गाईबाच्छा संरक्षणका लागि देउसीभैलो

हिमाल प्रेस १९ कार्तिक २०८१ १६:१३
20
SHARES
गाईबाच्छा संरक्षणका लागि देउसीभैलो फाइल तस्बिर

काठमाडौँ-  गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ।

दुई सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो। देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए। देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन्। आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ।

गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो। यस अभियानमा आबद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन्। अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ।

प्रकाशित: १९ कार्तिक २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast