पूर्वमुमा बडामहारानी रत्न अस्वस्थ

हिमाल प्रेस १९ कार्तिक २०८१ १२:०४
216
SHARES
पूर्वमुमा बडामहारानी रत्न अस्वस्थ

काठमाडौँ- पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन्। उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी पाठकले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार राति अस्पताल लगिएको थियो। रत्न पूर्वराजा महेन्द्र शाहकी  पत्नी हुन्। ९६ वर्षीया उनको छातीमा समेत संक्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ। पाठकले भने, ‘उहाँको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। केही दिन अस्पताल राखिने छ।’

प्रकाशित: १९ कार्तिक २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast