दाजुभाइबीच भाइटीका!

हिमाल प्रेस १८ कार्तिक २०८१ १७:५६
8
SHARES
दाजुभाइबीच भाइटीका! भाइटीका लगाउँदै व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिना। तस्बिर : रासस

तनहुँ- भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ। दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदीबहिनीसँग भाइटीका थाप्छन्।

व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन्।दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए।

मदन र सुमन दाजुभाइ मात्रै हुन्। ‘आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ। उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो। त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु ग¥यौँ’, उनले भने।
मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने। दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन। सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो। दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौँ’ भन्नेहरू भेटिए। तर उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन्।

दिदीबहिनी नभए पनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ। ‘दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ। हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं’, उनले भने। रासस

प्रकाशित: १८ कार्तिक २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast